२०८३, आश्विन २० गते

images
  • राजनीति
  • विश्वविद्यालय टपरलाई सिँधै निजामती सेवामा प्रवेशको...

विश्वविद्यालय टपरलाई सिँधै निजामती सेवामा प्रवेशको प्रस्ताव

विश्वविद्यालय टपरलाई सिँधै निजामती सेवामा प्रवेशको प्रस्ताव

बुधवार, पौष ३ २०८१०६:२४
बुधवार, पौष ३ २०८१०६:२४
  • images

    काठमाडौं । विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने (टपर) विद्यार्थीलाई सिधै निजामती सेवामा प्रवेश गराउनुपर्ने प्रस्ताव अघि सारिएको छ।

    बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती विधेयकसम्बन्धी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले यस्तो प्रस्ताव राखेका हुन्।

    सांसद खनालले भने, “विश्वविद्यालय टपरलाई सिधै ‘लेटरल इन्ट्री’ मार्फत निजामती सेवामा प्रवेश दिऔँ।” उनले उच्च प्रतिभाशाली जनशक्तिलाई अवसर उपलब्ध गराउन यस खालको प्रावधान आवश्यक रहेको बताए।

    उनको तर्क थियो, “यसले राम्रो जनशक्ति विदेश पलायन हुने मानसिकतालाई रोक्न मद्दत पुर्‍याउँदै स्वदेशमै सेवामूलक क्षेत्रमा योगदान गर्न उत्प्रेरित गर्न सकिन्छ।” यसले राम्रो जनशक्ति अवसरको खोजीमा विदेश जाने मानसिकताबाट पछि हट्दै स्वदेशमै रहन सक्ने उनको भनाई छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend