२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • यू–१९ महिला एसिया कपः बंगलादेशसँग हार्दै...

यू–१९ महिला एसिया कपः बंगलादेशसँग हार्दै प्रतियोगिताबाट बाहिरियो नेपाल

यू–१९ महिला एसिया कपः बंगलादेशसँग हार्दै प्रतियोगिताबाट बाहिरियो नेपाल

शुक्रवार, पौष ५ २०८१०५:१९
शुक्रवार, पौष ५ २०८१०५:१९
  • images

    काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा नेपाल बंगलादेशसँग सहजै पराजित भएको छ। पहिले ब्याटिङ गर्दै ५५ रनको लक्ष्य दिएकोमा बंगलादेश उक्त लक्ष्य मात्र ९ दशमलव ५ ओभरमा एक विकेटको क्षति पूरा गरेर फाइनल प्रवेश गरेको हो। 

    सुपरओभर अन्तर्गत भएको अन्तिम खेलमा नेपालले जित निकाले फाइनल जाने थियो। तर बंगलादेशसँग सहजै पराजय भोग्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। 

    त्यसअघि टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाउँदै ५४ रनको स्कोर बनाएको थियो। २० ओभरको खेल भए पनि वर्षातका कारण निर्धारित समयमा खेल हुन नसकेपछि खेलको ओभर घटाइएको थियो। दुवै तर्फको ९/९ ओभर घटाइएपछि ११ ओभरमा पुगेको हो।

    नेपालका लागि सावित्री धामीले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अधिकांश ब्याटर रनआउट भएका थिए।

    बलिङतर्फ नेपालले एक मात्र विकेट लिन सक्यो। कुसुम गोदारले १८ रन बनाएकी मोसम्मद एभाको विकेट लिएकी हुन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend