काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रमा बनेका संरचना हटाउने भएको छ । कोषले एक सूचना जारी गर्दै १५ दिनभित्र उक्त क्षेत्रमा बनेका संरचना हटाउन आग्रह गरेको हो ।
कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म हटाईएको छैन् । लामो समयदेखि उक्त संरचना नहटाएको भन्दै कोषले संरचना हटाउन १५ दिनको सूचना जारी गरेको हो ।
तोकिएको संरचना नहटाए कोष आफैले बाध्य भएर हटाउने सूचनामा उल्लेख छ ।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार ०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार ०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरेको थियो । कोषका अनुसार ०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको छ ।
यसअघि अधिग्रहण भएको उक्त क्षेत्र खाली गर्न ०७७ असार २० गते ३५ दिने सूचना प्रकाशन गरेको थियो । तर, हालसम्म धनीले संरचना नहटाएपछि कोषले दोस्रो पटक सूचना जारी गरेको हो ।

