२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • अलराउण्डर कुशल मल्लले टी २० इन्टरनेशनल...

अलराउण्डर कुशल मल्लले टी २० इन्टरनेशनल डेजर्ट भाइपर्सबाट खेल्ने

अलराउण्डर कुशल मल्लले टी २० इन्टरनेशनल डेजर्ट भाइपर्सबाट खेल्ने

मंगलवार, पौष ९ २०८१०५:०५
मंगलवार, पौष ९ २०८१०५:०५
  • images

     काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी २० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो ।

    मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा भित्र्याइएको हो । डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि टिमले मल्ललाई अनुबन्ध गरेको जनाएको छ ।

    कुशल मल्ललाई अनुबन्ध गरेकोबारे टिप्पणी गर्दै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशललाई डेजर्ट भाइपर्समा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

    ‘उनी युवा खेलाडी भएपनि सानै उमेरमा धेरै अनुभव बटुलिसकेका छन्,  उनी भाइपर्सको सेटअपमा महत्वपूर्ण खेलाडी हुनेछन्’, मुडीले भनेका छन् ।

    मल्लले ब्याटिङ र बलिङ दुवैबाट टिममा योगदान दिन सक्षम रहेको मुडीले बताए । उनको १४७ हाराहारीको स्ट्राइक–रेटले उनको क्षमता स्प्षट पार्ने समेत उनले बताए । उनलाई भाइपर्समा आबद्ध भएर थप अनुभव मिल्न पनि सहयोग हुनेछ ।

    मल्लले भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज टिमको कप्तानी समेत गरेका थिए । उनको टिम चौथो भएको थियो । उनले प्रतियोगितामा ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट पनि लिएका थिए ।

    उनले टी२०आईमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी हुन् । उनले टी२०आईमा ४७ खेलमा ९१७ रन बनाएका छन् भने १९ विकेट लिएका छन् ।

    डेजर्ट भाइपर्सको स्क्‍वाडमा फकार जमान, एलेक्स हेल्स, साम करान, वानिन्दु हसरङ्गाजस्ता विश्वचर्चित खेलाडीहरू छन् । प्रतियोगिताको तेस्रो संस्करण आगामी जनवरीमा सुरू हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend