२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कुनै नेताले तीनकुने जग्गाको मुआब्जा प्रक्रिया...

कुनै नेताले तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन आए विश्वास नगर्नुस्: बालेन साह

कुनै नेताले तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन आए विश्वास नगर्नुस्: बालेन साह

शुक्रवार, पौष १२ २०८१०३:५०
शुक्रवार, पौष १२ २०८१०३:५०
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

    शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । उनले पचासौं वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्राप्त भएको भन्दै आक्राेश पाेखे ।


    कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयहरुलाई सुझाव दिए ।

    प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend