२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर...

एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा

एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा

सीएनएन खबर
शुक्रवार, पौष १२ २०८१०५:०९
सीएनएन खबर
शुक्रवार, पौष १२ २०८१०५:०९
  • images

    कठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) फस्र्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्स, जितको खुसीमा खेलाडीहरूलाई जनकपुरमा भव्यताका साथ नगरपरिक्रमा गराइएको छ । शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् ।

    पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको थियो ।

    विजय यात्रा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरू भएर थापा चोक हुँदै पिडारीचोक, रामानन्दचौक, बजरंगचोक, भ्रमरपुराचोक, जिरोमाइल,विश्वकर्माचोक,मुरलीचोक, रामचोक हुँदै जानकी मन्दिरपरिसरमा समापन गरिएको छ ।

    जानकी मन्दिरमा परिसरमा जनकपुरधाम उपमहानगरपालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको छ ।

    यसअघि मुख्यमन्त्री सतिश कुमार सिंहले रंगशाला मैदानमै पुगेर खेलाडीहरुलाई सम्मान गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend