२०८३, आश्विन २० गते

images
  • विश्व
  • दक्षिण कोरिया दुर्घटना अपडेटः मृत्यु हुनेको...

दक्षिण कोरिया दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १७९ पुग्यो

दक्षिण कोरिया दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १७९ पुग्यो

आइतवार, पौष १४ २०८११०:२०
आइतवार, पौष १४ २०८११०:२०
  • images

    काठमाडौँ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा  उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ। 

    योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो।

    १ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो। विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए। आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएको छ। 

    सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ। त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ।

    दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ।

    दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, २८ जनाको मृत्यु दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, २८ जनाको मृत्यु

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend