२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, मुकुल...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, मुकुल ढकाललाई होला त कारवाही ?

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, मुकुल ढकाललाई होला त कारवाही ?

सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८१०८:०१
सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८१०८:०१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बालाजुमा मंगलबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो । 

    आजको बैठकमा निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय हुने भएको छ । पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ ।

    ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ । उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । 

    प्रतिवेदनबारे आइतबार राति बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको थियो । उक्त बैठकमा महामन्त्री ढकाललाई गर्न सकिने कारबाहीबारे पनि लगभग टुंगो लागिसकेको रास्वपा स्रोतले जनाएको छ ।

    गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो । उक्त अवधि पनि आज सकिँदै छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend