२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • आयोजक त्रिवेणी युवा क्लव र एन.आर.टि...

आयोजक त्रिवेणी युवा क्लव र एन.आर.टि फुटबल क्लव काठमाडौ त्रिवेणी कपको क्वाटरफाइनलमा प्रवेश

आयोजक त्रिवेणी युवा क्लव र एन.आर.टि फुटबल क्लव काठमाडौ त्रिवेणी कपको क्वाटरफाइनलमा प्रवेश

आइतवार, पौष १४ २०८१०८:३४
आइतवार, पौष १४ २०८१०८:३४
  • images

    काठमाडौँ । आयोजक त्रिवेणी युवा क्लव र एन.आर.टि फुटवल क्लव काठमान्डौ बेसीशहरमा जारी ३२ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक त्रिवेणी युवा क्लव बेसीशहर र सुन्दरबजार युवा क्लव सुन्दरबजार विच आइतबार भएको पहिलो खेलमा शुन्यका विरुद्ध दुई गोल गर्दै आयोजक त्रिवेणी युवा क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    फष्ट हाप गोलरहित बराबरी भएपछि दोस्रो हापको १६ औँ मिनेट र २४ मिनेटमा मा आयोजक त्रिवेणी क्लवका जर्सी नम्बर ६ का खेलाडी सवि गुरुङले दुई गोल गर्दै आफ्नो समुहलाई क्वाटरफाइनलको यात्रा सुनिश्चित गराएका हुन् । एन.आर.टि फुटबल क्लव काठमाडौ र चामे युवा समुह चामे विच भएको दोस्रो खेलमा निर्धारीत समयमा गोलरहित बारबारी भएपछि ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल गर्दै एन.आर.टि फुटवल क्लव काठमान्डौले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

    १६ समुहले सहभागिता जनाएको उक्त प्रतियोगितामा आइतबार दई खेल हुनेछ । सोमबार तमु ल्होसार पर्वका कारण एक खेल मात्र खेलाईने आयोजक त्रिवेणी युवा क्लवका पूर्व अध्यक्ष सिजन श्रेष्ठले बताए । उनका अनुसार सोमबारको खेल सामाना युवा क्लव तुरतुरे र आमन्त्रित एप.पि.एफ फुटवल क्लव काठमान्डौबीच हुनेछ । तमु ल्होसारको दिन सोमबार बेसीशहरमा सडक महोत्सवको आयोजना गरिएको छ । बेसीशहरको मनाङे चौतारमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए ।

    जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कप फुटवल प्रतियोगितामा यसवर्ष उपाधी राशी पनि बृद्धि भएको छ । गत वर्ष विजेताको लागि आठलाख रुपैया पुरस्कार रहेको त्रिवेणी कपको उपाधी यसवर्ष चार लाख रुपैया बृद्धि गरी पुरस्कार राशी १२ लाख पु¥याईएको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा उपविजेताले ६ लाख रुपैया पाउनेछन् । उपविजेताले गत वर्ष चार लाख रुपैया पाएका थिए । प्रतियोगितामा सेमीफाइनल उपविजेता दुई टिमलाई दुई÷दुई लाख रुपैयाँ दिइने क्लवका सचिव प्रविण वाग्लेले जानकारी दिए । सो बाहेक अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनहि नगद २५ हजार पुरस्कार सहित पदक र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend