२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ओलीको क्षेत्रमा पुगेर प्रचण्डले भने– गिरिबन्धुको...

ओलीको क्षेत्रमा पुगेर प्रचण्डले भने– गिरिबन्धुको बदमासी पर्दाफास गरेरै छाड्छु(भिडियोसहित)

ओलीको क्षेत्रमा पुगेर प्रचण्डले भने– गिरिबन्धुको बदमासी पर्दाफास गरेरै छाड्छु(भिडियोसहित)

सोमवार, पौष १५ २०८१०४:२८
सोमवार, पौष १५ २०८१०४:२८
  • images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री केपी शर्माको गृहजिल्ला झापा पुगेका छन् । ओलीको निर्वाचन क्षेत्र झापा–५ को गौरीगञ्ज पुगेर उनले गिरिबन्धु टी–इस्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन्।

    नेकपा माओवादी केन्द्रले गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा आयोजना गरेको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गिरिबन्धु, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास गरेर छाड्ने बताए । 

    भ्रष्टाचारीहरू धमाधम पक्राउ पर्न थालेपछि कांग्रेस–एमालेको निदहराम भएर नयाँ गठबन्धन बनेको उनको दाबी छ । ‘गिरिबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो। बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझियो,’’ उनले भने, ‘अनि रातारात गठबन्धन तोडियो र अप्राकृतिक गठबन्धन बन्यो।’’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend