२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • निलम्बित महामन्त्ती ढकाललाई साधारण सदस्य समेत...

निलम्बित महामन्त्ती ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस

निलम्बित महामन्त्ती ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस

सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८११०:१५
सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८११०:१५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।


    यस विषयमा अहिले जारी केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको रास्वपाका एक पदाधिकारीले जानकारी दिए । 

    रास्वपाका एक नेताका अनुसार अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गर्ने तयारी गरेको छ । ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।

    गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो । उक्त अवधि पनि आज सकिँदै छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend