२०८३, आश्विन १९ गते

images

राष्ट्रपतिसमक्ष ५ देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपतिसमक्ष ५ देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

बुधवार, पौष १७ २०८१०२:५७
बुधवार, पौष १७ २०८१०२:५७
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले राजदूतहरूलाई शपथ गराएका हुन् ।

    गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि राजदूतहरूलाई शपथ गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा.डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend