२०८३, आश्विन १९ गते

images

प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८१०५:०६
सीएनएन खबर
मंगलवार, आषाढ २५ २०८१०५:०६
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    आयोगले मंगलबार नरहरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैत विरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    उनीहरुमाथि नरहा गाउँपालिकास्थित स्वास्थ्य चौकीहरुको लागि औषधी खरिद गर्न आर्थिक वर्ष २०७४÷०७५ मा विनियोजन रकमबाट औषधी खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लागेको छ । 

    नियोमेड इन्टरनेशनलसँग खरिद गरेको ५७ प्रकारका औषधिजन्य मालसामानहरुको नियम विपरित भुक्तानी आदेश र जिन्स दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकमबाट खरिद गरेको पाइएको थियो । 

    ५७ प्रकाशरका औषधिजन्य मालसामानहरु मध्येबाट ६ लाख २० हजाार ९६ रुपैयाँ बराबरका औषधिजन्य मालसामानहरु वितरण नगरी हानिनोक्सानी गरेको भन्दै अख्तियारले बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend