२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • त्रिवेणी कपको फाइनलमा भिड्दै वि.वाइ.सी भोटेओडार...

त्रिवेणी कपको फाइनलमा भिड्दै वि.वाइ.सी भोटेओडार  र एपीएफ एफसी काठमाडौँ

त्रिवेणी कपको फाइनलमा भिड्दै वि.वाइ.सी भोटेओडार  र एपीएफ एफसी काठमाडौँ

सीएनएन खबर
शुक्रवार, पौष १९ २०८१०५:०३
सीएनएन खबर
शुक्रवार, पौष १९ २०८१०५:०३
  • images

    काठमाडौँ । लमजुङको बेसीहरुमा जारी ३२ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको फाइनलमा एपीएफ एफसी काठमाडौँ र वि.वाइ.सी भोटेओडार प्रवेश गरेका छन् । 

    शुक्रबार भएको खेलमा आयोजक त्रिवेणी युवा क्वललाई हराउँदै एपीएफ एफसी काठमाडौँ र भगवती युवा क्वल टोखालाई हराउँदै बुद्ध युथ क्वल (वीवाइसी) भोटेओडार फाइनलमा प्रवेश गरेको हो ।

    एपीएफ एफसीले आयोजक त्रिवेणी युवा क्वललाई २ का विरुद्ध १ गोलले पराजित गर्दै पाइनलको यात्रा तय गरेको हो । खेलको अन्तिम मिनेटमा एपीएफका प्रदीप लामाले गोल गरेका थिए । उनको गोलसँगै एपीएफ फाइनलमा प्रवेश गरेको हो । 

    यस्तै, भगवती टोखालाई पेनाल्टी सुट आउट मार्फत सडन डेथमा वीवाइसीले ५ का विरुद्ध ४ गोल गरेको हो ।

    प्रतियोगिताको फाइनाल खेल पुष २० गते शनिबार हुने कार्यतालिका रहेको छ ।  पुस १२ गतेदेखि त्रिवेणी कप फुटबल प्रतियोगितामा १६ टिमले सहभागि भएका थिए । 

    प्रतियोगितामा विजयी टीमले १२ लाख रुपैयाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सेमीफाइनलमा पराजित २ टीमलाई २र२ लाख रुपैयाँ प्रदान गरिने भएको छ । 

    अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५र२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र दिने आयोजकले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend