२०८३, आश्विन १९ गते

images

अब नमस्ते पे वालेटबाटै सहकारीमा पैसा लोड गर्न सकिने

अब नमस्ते पे वालेटबाटै सहकारीमा पैसा लोड गर्न सकिने

सीएनएन खबर
बुधवार, आषाढ २६ २०८१११:१८
सीएनएन खबर
बुधवार, आषाढ २६ २०८१११:१८
  • images

    काठमाडौँ । स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरुले अब २ सयभन्दा बडी सहकारी संस्थाहरु मार्फत आफ्नो आवश्यकता अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्ने भएका छन् । 

    कम्पनीले एक विज्ञप्ती जारी गर्दै सहकारी संस्थाहरुमा भौतिक रुपमा उपस्थित नभैकन अब घरमै बसेर रकम भुक्तानी गर्न तथा नमस्ते पे वालेटमा लोड गर्न मिल्ने सुविधा थपिएको जानकारी दिएको हो । 

    ‘जसले सहकारी संस्थाहरुमा भौतिक रुपमा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्दत गर्ने कम्पनीले जनाएको छ । वालेट लोेड गर्ने प्रक्रिया प्रयोगकर्ता मैत्री छ, जसले गर्दा न्युनतम प्राविधिक ज्ञान भएका व्यक्तिहरुले पनि सजिलै उक्त सेवाको लाभ उठाउन सक्नेछन्’, विज्ञप्तीमा भनिएको छ । 

    यस्तै, नमस्ते पे अफलाइन मोड स्प्लिट बिल, रिक्वेस्ट मनी जस्ता सुविधाहरु प्रस्तुत गर्न अग्रणी रहेको छ । 

    नमस्ते पे नगदरहित समाज सिर्जना गर्न उल्लेख्य भूमिका खेल्ने उदेश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्धारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend