२०८३, आश्विन २० गते

images

एपिएफले जित्यो ३२औं त्रिवेणी कपको उपाधि

एपिएफले जित्यो ३२औं त्रिवेणी कपको उपाधि

शनिवार, पौष २० २०८११०:१५
शनिवार, पौष २० २०८११०:१५
  • images

    काठमाडौं । ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि एपिएफ फुटबल क्लब, काठमाडौंले हात पारेको छ ।  शनिबार भएको फाइनल खेलमा एपिएफले बुद्ध युवा क्लब भोटेवडारलाई टाईब्रेकरमा हराउँदै उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

    trrrr.jpg

    निर्धारित समयतर्फ बुद्ध युवा क्लबका लागि समिर तामाङ र समिराज थोकरले गोल गरेका थिए भने एपिएफका लागि हरी कार्की र युवराज खड्काले गोल गरेका थिए । टाईब्रेकरमा भने एपिएफले बुद्ध युवा क्लबमाथि ४–३ को जित निकाल्न सफल भयो ।

    विजेता बनेको एपिएफले उपाधिसहित नगद १२ लाख हात पार्यो भने उपविजेता बुद्ध युवा क्लबले ६ लाखमा चित्त बुझायो । सेमिफाइनलमा पराजित भएका दुई टोली आयोजक त्रिवेणी युवा क्लब र टोखा भगवती क्लबले समान २–२ लाख प्राप्त गरे ।

    त्यस्तै एपिएफका गोलरक्षक अन्जल श्रेष्ठ फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार एपिएफ कै प्रदिप लामाले हात पार्दा सर्वोत्कृष्ट खेलाडी बुद्ध युवा क्लबका इमान्युएल बोटेङ घोषित भए । दुवैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend