२०८३, आश्विन १९ गते

images
  • विश्व
  • उत्तरी भारतमा गर्मीका कारण विद्युतकाे माग...

उत्तरी भारतमा गर्मीका कारण विद्युतकाे माग उच्च

उत्तरी भारतमा गर्मीका कारण विद्युतकाे माग उच्च

मंगलवार, आषाढ ४ २०८१०९:४८
मंगलवार, आषाढ ४ २०८१०९:४८
  • images
    काठमाडौँ । उत्तर भारतमा प्रचण्ड गर्मीका कारण विद्युत्को माग रेकर्ड उचाइमा पुगेको सरकारले मङ्गलबार बताएको छ । साथै राजधानी नयाँदिल्लीका बासिन्दाले पानीको अभावसँग सङ्घर्ष गरिरहेका छन् । 
     
    उत्तरी भारतका अधिकांश भाग महिनाभर चल्ने लामो लूले ग्रसित छ । यहाँ नियमितरूपमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि गइरहेको छ । 
     
    ‘उत्तरी भारतले मे १७ देखि प्रचलित गर्मीको लहरका कारण उच्च मागको अवस्था अनुभव गरिरहेको छ’, विद्युत् मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । मन्त्रालयले छिमेकी क्षेत्रहरूबाट उत्तरी भारतलाई २५ देखि ३० प्रतिशत थप विद्युत् आयात गर्न बाध्य बनाएको बताएको छ । 
     
    ‘यी चुनौतीपूर्ण परिस्थितिका बाबजुद उत्तरी क्षेत्रमा ८९ गिगावाटको अहिलेसम्मको सबैभन्दा ठूलो मागलाई सोमबार सफलतापूर्वक पूरा गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ । 
     
    गृष्मयामको गर्मीको तापक्रमबाट भारत अछूतो छैन तर वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, लगातार र अधिक तीव्र भइरहेको फेला पारेको छ । 
     
    भारत विश्वमा हरितगृह ग्यास उत्सर्जनमा तेस्रो सबैभन्दा ठूलो देश हो तर उसले पश्चिमका अधिकांश औद्योगिकरणको दुई दशकपछि सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थतन्त्र हासिल गर्नका लागि प्रतिबद्धता जनाएको छ । 
     
    अहिले भारत विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ । अधिकारीहरूले ठूलो मात्रामा ब्ल्याकआउटलाई बेवास्ता गरेका छन् तर भीषण गर्मीमा आपूर्ति उपकरण कमजोर हुँदा धेरै स्थानीय विद्युत्मा कटौती (आउटेज) भएको छ । 
     
    मन्त्रालयले ऊर्जा कम्पनीहरूलाई ‘उच्चस्तरको चेतावनी कायम राख्न र उपकरणहरूको जबर्जस्ती कटौतीलाई कम गर्न’ आदेश दिएको छ । तीन करोडभन्दा धेरै बासिन्दाको अनुमानित जनसङ्ख्या भएको विशाल मेगासिटी दिल्लीभरका मानिसहरूको माग पूरा गर्नका लागि पानीका ट्याङ्करहरूमा भर पर्न बाध्य हुनुपरेको छ । 
     
    अधिकारीहरूले मागको सामनान गर्न आपूर्ति कम गरेका छन् । यसको विस्तार यो साता सहरको केन्द्र नयाँदिल्ली, सरकारी कार्यालय र शीर्ष राजनीतिक नेताहरूको घरसम्म भएको छ । 
     
    दिल्ली करिब पूर्णरूपमा छिमेकी कृषिप्रधान राज्यहरू हरियाणा र उत्तर प्रदेशबाट पानीको आपूर्तिमा निर्भर छ । यद्यपि ती राज्यमा भीषण गर्मी र मागमा वृद्धिलाई ध्यानमा राखी सहरका अधिकारीहरूले बासिन्दाहरूलाई पर्याप्तरूपमा पानी आपूर्ति नगरिएको बताएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend