२०८३, आश्विन १९ गते

images

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सीएनएन खबर
बिहिवार, आषाढ २७ २०८१०८:०७
सीएनएन खबर
बिहिवार, आषाढ २७ २०८१०८:०७
  • images

    काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहीबारबिहान पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।  अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।

    पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend