काठमाडौं । दक्षिण कोरियामा गैरकानुनी बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ। अध्यागमनका अनुसार निष्काशित हुनेमा दुर्गाबहादुर राई, खुमबहादुर छत्याल, बिनोद निरौला र विजय पुन रहेका छन्। उनीहरू गत साता कोरियन एयरबाट काठमाडौं आएका हुन्।
कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो। पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैध रुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निसानामा पर्दै आएका छन्।

