२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • ऊर्जा मन्त्री खड्काविरुद्धको उजुरीमाथि समितिले थाल्यो...

ऊर्जा मन्त्री खड्काविरुद्धको उजुरीमाथि समितिले थाल्यो अध्ययन

ऊर्जा मन्त्री खड्काविरुद्धको उजुरीमाथि समितिले थाल्यो अध्ययन

बिहिवार, पौष २५ २०८१०८:५७
बिहिवार, पौष २५ २०८१०८:५७
  • images

    काठमाडौं । संसदीय समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कालाई जोडेर परेको उजुरीमाथि आन्तरिक अध्ययन थालेको छ । नेपाल स्काउटले १४ माघ २०८० मा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा खड्कालाई जोडेर उजुरी दिएको थियो । उक्त उजुरी हालै समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।

    ऊर्जा मन्त्री खड्का सञ्चालक रहेको खड्काल्याण्ड डेभलपमेण्ट प्रालिले पाटन उच्च अदालतको आदेश विपरीत जग्गा भाडा बापतको पाँच करोड भन्दा बढी रकम नतिरेको उजुरीमा उल्लेख छ ।

    राज्य व्यवस्था समिति सचिवालयका अनुसार योसहित समितिमा ९२ वटा उजुरी परेका छन् । सबै उजुरी सांसदहरूलाई वितरण गरिएको छ । त्यसमध्ये कुन उजुरीलाई प्राथमिकता दिएर अगाडि बढ्ने भनेर राज्य व्यवस्था समितिले आन्तरिक अध्ययन अगाडि बढाएको हो । यसक्रममा ऊर्जा मन्त्री खड्का जोडिएको उजुरीका सम्बन्धमा यसको महत्वबारे अध्ययन थालिएको हो ।

    470053017_9039900596094546_8373333642442461914_n.webp
    undefined
    471509196_1578626396357612_9106422158764904942_n.webp
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend