२०८३, आश्विन २० गते

images
  • राजनीति
  • पर्यटनमन्त्री पाण्डेले भनेः निगम व्यवस्थापन र...

पर्यटनमन्त्री पाण्डेले भनेः निगम व्यवस्थापन र सञ्चालककै कारण निगम घाटामा गयो

पर्यटनमन्त्री पाण्डेले भनेः निगम व्यवस्थापन र सञ्चालककै कारण निगम घाटामा गयो

बिहिवार, पौष २५ २०८१११:३३
बिहिवार, पौष २५ २०८१११:३३
  • images

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन् । 

    प्रतिनिधि सभा अन्तरर्गत रहेको अन्तराष्र्टि«य सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

    मन्त्री पाण्डेले भने, ‘मेरो कुनै पनि विभागीय कर्मचारीहरु मथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।’ 

    उनले नेपाल वायुसेवाको विमान सञ्चान र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको उद्घोष गरे । नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायाले ध्यानदिनु पर्ने समेत उल्लेख गरे । 

    उनले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनु पर्नेमा प्रष्ट पारे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend