२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • पर्यटन समितिका सभापति यादव र सांसद...

पर्यटन समितिका सभापति यादव र सांसद प्रेम सुवालबीच भनाभन

पर्यटन समितिका सभापति यादव र सांसद प्रेम सुवालबीच भनाभन

बिहिवार, पौष २५ २०८१०१:०३
बिहिवार, पौष २५ २०८१०१:०३
  • images

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो ।

    सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए । सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए ।

    नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थीति नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend