२०८३, आश्विन २० गते

images

शेयर बजारमा १८ अंकको करेक्सन, ७ अर्ब ३० करोडको कारोबार

शेयर बजारमा १८ अंकको करेक्सन, ७ अर्ब ३० करोडको कारोबार

बिहिवार, पौष २५ २०८१०३:३८
बिहिवार, पौष २५ २०८१०३:३८
  • images

    काठमाडौं । बिहीबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव १४ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ ।

    आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सुपर मादी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी कम्पनीको २८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको २५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनी, हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज रिभर फल्स पावरका लगानकिर्ताले ८ दशलमव १९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २३ प्रतिशतका दरले गुमाएका हुने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend