२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • विश्वासको मत लिँदै प्रचण्ड, ‘फास्ट ट्रयाक’मा...

विश्वासको मत लिँदै प्रचण्ड, ‘फास्ट ट्रयाक’मा आजै सरकारको दाबी गर्ने कांग्रेस–एमालेको तयारी

विश्वासको मत लिँदै प्रचण्ड, ‘फास्ट ट्रयाक’मा आजै सरकारको दाबी गर्ने कांग्रेस–एमालेको तयारी

सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०८:००
सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०८:००
  • images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

    संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

    ‘फास्ट ट्रयाक’मा आजै सरकारको दाबी गर्ने कांग्रेस–एमालेको तयारी

    संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया टुंगिएलगत्तै कांग्रेस र एमालेले साना दलहरूलाई समेत साथमा लिएर शुक्रबारै सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । उनीहरूले आवश्यकताअनुसार प्रयोग गर्न सकिने गरी दुईतिहाइ सांसदको हस्ताक्षरसमेत संकलन गरेर तयारी अवस्थामा राखेका छन् । 

    बिहीबार रातिको समझदारीअनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त नगर्ने निश्चितप्रायः देखिएपछि नयाँ समीकरणमा रहेका कांग्रेस र एमाले ‘फास्ट्र ट्रयाक’मा सरकार गठनमा जान लागेका हुन्। संविधानको धारा ७६(२)अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनको दाबी पेस गर्ने उनीहरूको तयारी छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।

    प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेस, एमाले लगायत दलले ह्वीप जारी गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend