२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सरकारका सचिवहरूको व्यापक सरुवा, को कहाँ...

सरकारका सचिवहरूको व्यापक सरुवा, को कहाँ ?

सरकारका सचिवहरूको व्यापक सरुवा, को कहाँ ?

आइतवार, पौष २८ २०८११०:३६
आइतवार, पौष २८ २०८११०:३६
  • images

    काठमाडौं । सरकारले एकैपटक १३ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो । जसअनुसार सचिव कृष्णहरि पुष्करको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । यस्तै विनोद सिंहको पर्यटन, गणेश पाण्डेको महालेखा नियन्त्रक कार्यालय, लक्ष्मी बस्नेतको महिला बालबालिका मन्त्रालयमा सरुवा भएको छ । 

    यस्तै दिनेश भट्टराईको उपराष्ट्रपति कार्यालय, रविलाल पन्थको संघीय मामिला, भरतमणि सुवेदीको निर्वाचन आयोग, सुमनराज अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ । 

    यसैगरी लोकनाथ पौड्यालको कर्णाली प्रदेश, हरि लम्सालको युवा तथा खेलकुद मन्त्रालय, चूडामणि शर्मा पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महादेव पन्थको बागमती प्रदेश, मुकुन्द प्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ । 

    यसैगरी सहसचिवद्वय बाबुराम अधिकारीको लुम्बिनी प्रदेश र मदन भुजेलको मधेस प्रदेशमा कामु सचिवको रुपमा सरुवा भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend