२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • यी हुन् विद्युत प्राधिकरणले बिजुली काटेका...

यी हुन् विद्युत प्राधिकरणले बिजुली काटेका ६ उद्योग

यी हुन् विद्युत प्राधिकरणले बिजुली काटेका ६ उद्योग

सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८११०:१५
सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८११०:१५
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएको भन्दै ६ उद्योगको बिजुली काटिदिएको छ । प्राधिकरणले शुक्रबार बिहानससम्म रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा सिन्थेटिक्स प्रालि, हुसाल स्टिल र जगदम्बा स्टिलको बिजुली काटिदिएको हो । 

    प्राधिकरणले विद्युत् महसुल नतिरेको भन्दै जगदम्बा स्टिलको लाइन काटेको हो । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत जगदम्बा स्टिलले प्राधिकरणलाई १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ ।

    प्राधिकरणले बिहीबार जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको थियो । जगदम्बा सिन्थेटिक्सले १६ करोड रुपैयाँ बढी र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।
    त्यसअघि २५ असारमा रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको थियो ।

    २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

     

    प्राधिकरणले काट्यो रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्टको बिजुली प्राधिकरणले काट्यो रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्टको बिजुली

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend