२०८३, आश्विन १९ गते

images

प्रधानमन्त्रीले पाएनन् विश्वासको मत

प्रधानमन्त्रीले पाएनन् विश्वासको मत

सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०५:१८
सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०५:१८
  • images

    काठमाडौँ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएका छन् । शुक्रबार पाचौँ पटक विश्वासको मत मागेका उनले विश्वासको मत नपाएका हुन् । 

    शुक्रबार संसद्मा उपस्थित २ सय ५८ जना सांसदमध्येबाट उनको पक्षमा ६३ मत परेको थियो भनेन विपक्षामा १९४ मत र मत दिन्न भन्ने पक्षमा १ मत पारेको थियो । 

    संसद्वाट विश्वासको मत नपाएपछि उनी स्वत पदमुक्त भएका छन् ।

    प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

    १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend