२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीमा ओलीको दाबीः सपथ र नियुत्ती...

प्रधानमन्त्रीमा ओलीको दाबीः सपथ र नियुत्ती दुबै आइतबार

प्रधानमन्त्रीमा ओलीको दाबीः सपथ र नियुत्ती दुबै आइतबार

सीएनएन खबर
शनिवार, आषाढ २९ २०८१०८:४७
सीएनएन खबर
शनिवार, आषाढ २९ २०८१०८:४७
  • images

    काठमाडौँ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि शुक्रबार दाबी पेस गरेका छन् । 

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेलगत्तै राति ९ बजे दुई दलका नेताहरू शीतलनिवास पुगेर दाबी पेस गरेका हुन् ।

    दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत नपाएपछि पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । 

    राष्ट्रपति कार्यालयले नयाँ सरकार गठन नभएसम्मका लागि उनलाई कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी तोकेको छ । 

    प्रधानमन्त्रीको शपथ र नियुत्ती आइतबार

    ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, दुवै दलका प्रमुख सचेतकसहितका नेताहरू दाबी पेस गर्न शीतलनिवास पुगेका थिए । दाबीपत्रमा देउवा र ओलीको हस्ताक्षर छ । उनलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । 

    एमाले प्रमुख सचेतक महेश बर्तौलाले आइतबारै नियुक्ति गर्ने गरी राष्ट्रपति कार्यालयले तयारी गरेको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend