२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • यू-१९ महिला विश्वकपमा बंगलादेशसँग नेपाल ५...

यू-१९ महिला विश्वकपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

यू-१९ महिला विश्वकपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

शनिवार, माघ ५ २०८१०५:१७
शनिवार, माघ ५ २०८१०५:१७
  • images

    काठमाडौं । मलेसियामा भएको यू -१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.२ ओभरमै पुरा गर्‍यो।

    बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले १२ रन बनाए । नटआउट रहेकी अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाए । नेपालका पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले एक,एक विकेट लिए।

    पहिला ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा ५२ रनमा अलआउट भएको थियो। नेपालका लागि साना प्रविन र सीमाना केसीले मात्रै दोहोरो अंकमा रन बनाउन सके ।

    साना प्रविनले १९ रन जोडिन् भने सीमाना केसीले १० रन बनाइन्। नेपालमा ६ खेलाडी रनआउट भए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend