२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • यू– १९ महिला विश्वकप : स्कटल्यान्डसँग...

यू– १९ महिला विश्वकप : स्कटल्यान्डसँग नेपाल पराजित

यू– १९ महिला विश्वकप : स्कटल्यान्डसँग नेपाल पराजित

सोमवार, माघ ७ २०८१०३:४३
सोमवार, माघ ७ २०८१०३:४३
  • images

    काठमाडौं । यू– १९ महिला विश्वकप टी– २० क्रिकेटमा नेपाल पराजित भएको छ । मलेसियाको बाङ्गीस्थित यूएसडी–यूकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर  ७३ रन बनाएको थियो । जवाफमा स्कटल्यान्डले १९औँ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पिप्पा स्पुरलले ४७ बलमा ३५ रन बनाएपछि खेल नेपालको हातबाट फुत्किएको हो ।

    १७ औँ ओभरमा रचना चौधरीले दुई विकेट लिएर नेपाललाई खेलमा फर्काए पनि त्यसपछि १८औँ ओभरमा रिया शर्माले दुई चौका दिँदा नेपाल खेल गुमाउन पुग्यो । यो हारसँगै नेपालको अघिल्लो चरणको यात्रा कठिन भएको छ ।

    नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । समूह डीमा अस्ट्रेलिया दुई जितपछि ४ अंकका साथ शीर्ष स्थानमा छ भने बंगलादेश २ अंकका साथ दोस्रो र २ अङ्क नै रहेको स्कटल्यान्ड तेस्रो स्थानमा छ । नेपालले अन्तिम खेल बुधबार अस्ट्रेलियासँग खेल्नेछ । 

    स्कटल्यान्डसँगको खेलमा रचना चौधरी र सिमाना केसीले दुई–दुई विकेट लिए भने पुजा महतो र करिश्मा गुरुङले एक–एक विकेट लिए । 

    यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाइन् । नेपाललाई अलआउट गर्न स्कटल्यान्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै, एम्मी बाल्डी र नायमा शेखले २–२ विकेट लिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend