काठमाडौँ । प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) सकिएको महिना दिन बितिसकेको छ । नेपालको खेलकुद क्षेत्रको विकासमा सिद्धार्थ बैंक हिजोका दिनमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिँदै आएको थियो । क्यानले आफै स्वयम्ले यो प्रतियोगिता सन्चालन गर्यो । एनपिएललाई आइपिएल लिगसरह सञ्चालन गर्ने क्यानको तयारी रहँदा मुख्य प्रायोजकका रूपमा जोडिएको ‘सिद्धार्थ बैंक’ क्रिकेट खेलसँग जोडिएको हो । नेपालको क्रिकेटको विकास र विस्तारमा कर्पोरेट हाउसहरू कोसेढुंगा बन्न सक्छन् भन्ने उदाहरण ‘सिद्धार्थ बैंक’ पुष्टी गरेको हो ।
सिद्धार्थ बैंकले सो प्रतियोगितालाई ५ वर्ष अवधिका लागि प्रचलित भ्याटबाहेक औसत वार्षिक ३ करोड ३० लाख रुपैयाँमा मुख्य प्रायोजन सम्झौता गरेको हो । जसमा सिद्धार्थ बैंक एसोसिएट (आबद्ध) कम्पनीहरूबाट वार्षिक १ करोड बराबर एसोसिएट कम्पनीहरूले सेयर गरेका कारण बैंकको वास्तविक प्रवद्र्धन खर्च २ करोड ३० लाख रुपैयाँ रह्यो ।
सिद्धार्थ बैंकले ब्रान्ड प्रमोसनमा ध्यान दिनुपर्ने तथ्यलाई मध्यनजर गर्दै नेपाल प्रिमियर लिगको मुख्य प्रायोजन गर्ने निर्णयमा पुगेका देखिन्छ । नेपाली क्रिकेटले विगत दश बर्षमा प्राप्त गरेको उल्लेख्य प्रगति, क्रिकेटको बढ्दो लोकप्रियता, नेपाली क्रिकेटले आगामी दिनहरूमा प्राप्त गर्न सक्ने उचाइ, फ्रेन्चाइज लिगको बढ्दो लोकप्रियता र बढ्दो फ्यान फलोइङ नै हो । प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस् च्यानलबाट गरिनुले पनि सिद्धार्थ बैंकको ब्रान्ड भिजिबिलिटी देश–विदेशमा समेत बढाउने अवसर प्राप्त गरेकाले पनि मुख्य प्रयोजन गरेको बुद्मिन्छ ।
सो प्रतियोगिता सञ्चालन भैरहँदा बनेको एउटा ट्रोल समेत बैंकका लागि नमूना नै हुन पुग्यो । क्यानले खाने पानीको व्यवस्था गर्न नसक्दा सिद्धार्थ बैंकले आफ्नो स्टलमा खानेपानी राखेको पानीमाथि ‘सिद्धार्थ बैंक सम्बन्ध बनाउ, पानी खुवाउँ’
भनेर सञ्जालमा भाईरल बनेको थियो ।

सो प्रतियोगिता फ्रेन्चाइजी प्रतियोगिता हो । प्रतियोगिताको पहिलो संस्करणमा देशका विभिन्न प्रदेश र सहरका नामबाट आठ वटा टोलीको निर्माण गरिएको थियो । हरेक टोलीमा बढीमा चारजना विदेशी खेलाडी र बाँकी अन्य स्वदेशी खेलाडी रहनुपर्ने प्रतियोगिताको अवधारणा अनुरूप हरेक फ्रेन्चाइजीले आफ्नो टिमलाई सशक्त बनाउन प्रख्यात विदेशी खेलाडीलाई टिममा समावेश गरेका थिए । नाम कहलिएका खेलाडीको उपस्थितिले प्रतियोगितामा रौनकता प्रदान ग¥यो । कहलिएका खेलाडीसँग डे«सिङ रुम सेयर गर्ने र उनीहरूसँगको अनुभव साटासाटबाट नेपाली खेलाडीले आफ्नो खेलको विकास गर्ने अवसर प्राप्त गरेका गरे । प्रतियोगितामा सहभागी प्रत्येक नेपाली खेलाडीले न्यूनतम दुई लाखदेखि आठजना मार्की खेलाडीले जनही २० लाख रुपैयाँसम्मको पारिश्रमिक पाउनु आफैँमा राम्रो पक्ष मान्न सकिन्छ ।
क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) ले ८ वटा फ्रेञ्चाइज टोलीले लीग किन्न तिरेको फ्रेञ्चाइज शुल्कबाट झन्डै १७ करोड आम्दानी गरेको थियो । ब्रान्ड डिजिटल लजिक प्रालिलाई एनपीएलको कमर्सियल राइट्सको अधिकार बेच्दा क्यानले ५ करोड ९२ लाख रुपैयाँ प्राप्त गरेको हो । टिकट बिक्रीबाट प्राप्त भएको रकम क्यानको मुख्य आम्दानी रह्यो । क्यानले आम्दानीको ५० प्रतिशत रकम भने आठवटा फ्रेञ्चाइज टोलीलाई बाँड्ने भएकोले खेलाडीले विगतमा भन्दा एनपीएलमा सबैभन्दा राम्रो मूल्य पाएका हुन । श्रेणी अनुसार कम्तीमा २ लाख र बढीमा २० लाखमा अनुबन्धित भएका थिए । एनपीएलको सबैभन्दा नौलो र बलियो पक्ष रह्यो ।
क्यानले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति गरेको थियो । मैदानमा डिजिटल स्कोर बोर्ड निर्माण गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको हो । त्यस्तै पिचको पुनर्निर्माण गरिएको थियो भने बाउन्ड्री क्षेत्र बढाइएको थियो ।
एनपिएलले हस्पिटालिटी र टुरिजम व्यवसायमा देखाएको आशा राज्यले पूर्वाधारको विकास र नेपाल क्रिकेट एसोसिएसनले विभिन्न संरचनात्मक क्रिकेटको आयोजनालाई निरन्तरता दिन सक्ने हो भने भोलिका दिनहरूमा नेपाललाई स्पोर्टिङ टुरिजम सेन्टरका रूपमा विकास गर्ने सम्भावना देखिन्छ । राम्रो भौतिक संरचनाको विकास गरी भारत र पाकिस्तानजस्ता देशहरूको क्रिकेट टुर्नामेन्ट आयोजनाका लागि न्युट्रल भेन्युका रूपमा नेपाललाई प्रोजेक्ट गर्न सकियो भने नेपालको हस्पिटालिटी र टुरिजम व्यवसायलाई ठुलो सहयोग पुग्ने देखिन्छ ।
पहिलो संस्करणमै एनपिएलले झन्डै एक अर्बको कारोबार गर्न सफल भएको विभिन्न सञ्चारमाध्यमबाट सुन्नमा आएको छ र यो आफैँमा सुखद पक्ष हो । सो प्रतियोगिताको आयोजनाबाट होटेल, यातायात तथा साना तथा मझौला व्यवसायीहरूको व्यवसाय प्रवद्र्धनमा सहयोग पुगेको देखिन्छ ।

