२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • बेसीशहर नगरपालिकाका गाउँ नै सडक सञ्जालबाट...

बेसीशहर नगरपालिकाका गाउँ नै सडक सञ्जालबाट वञ्चित

बेसीशहर नगरपालिकाका गाउँ नै सडक सञ्जालबाट वञ्चित

सीएनएन खबर
आइतवार, आषाढ ३० २०८१०२:५६
सीएनएन खबर
आइतवार, आषाढ ३० २०८१०२:५६
  • images

    काठमाडौँ । बेसीशहर नगरपालिका वडा नम्बर ११ का ३ वटा गाउँ सडक सञ्जालबाट वञ्चित भएका छन् । रुम्टाबेसी, बजार खुट्टा र बुढीकुवाँ/बरबोट गाउँ विगत लामो समयदेखि सडक सञ्जालबाट बञ्चित भएको वडा कार्यालयले जनाएको छ । 

    बेसीशहर ११ को वडा कार्यालयले आइतबार लमजुङ सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उक्त गाउँहरु सडक सञ्जाल बाट वञ्चित भएको जानकारी गराएको हो ।


    चितिको ३ गाउँ सडक सञ्जालबाट वञ्चित हुनुका साथै मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको जलाशयबाट ८ सय मिटरमाथि केही चुच्चो परेको भूभागमा रहेका २ वटा घर जोखिममा परेको वडा अध्यक्ष शिवप्रसाद जोशीले बताए । मध्यमस्र्याङ्दीको पानीको बहाबले कटान गरेर पहिरो जाँदा दुई घर जोखिममा परेको उनको भनाई छ । जोखिममा रहेका २ वटा घरलाई अन्यत्र स्थान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । 


    सडक सञ्जालबाट बञ्चित रहेका तिन वटा गाउँका बासिन्दलाई एम्बुलेन्सबाट बिरामी लैजान, विद्यालयमा पठनपाठन गर्न जान र दैनिक उपभोग्य सामान ढुवानी गर्नसमेत जटिल समस्या भएको छ । 


    उनका अनुसार रिठे बगरको पुलबाट करिब १ हजार मिटरमाथि नेपाली सेनाको व्यारेकको अगाडि घुम्तीमा नदीजन्य पदार्थको ढिस्को जम्मा भई मस्र्याङ्दीको बहाब सडकतिर गएर सडक बगाएको र पहिरो बगिरहेको वडा कार्यालयले जनाएको छ । बेसीशहर नगरपालिकाको कार्यपालिकाको यसअघि बसेको बैठकले समेत उक्त ढिस्को हटाई पानीको बहाबलाई यथास्थानबाट बग्नेगरी ढिस्को फाल्ने जिल्ला जिल्ला विपद् व्यबस्थापन समितिलाई पत्राचारसमेत गरेको थियो ।


    उक्त समस्याका विषयमा प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेर जानकारी गराइसकिएको अध्यक्ष जोशीले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले उक्त समस्याका बारेमा मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रलाई पत्र पठाएपछि उक्त केन्द्रले स्वेच्छिक रुपमा समिति निर्माण गरी उक्त ढिस्को फाल्न नपर्ने र सडक नै अन्यत्र सार्नुपर्ने जस्तो गलत प्रतिवेदन पेश गरेको जोशीले बताए । 

    उक्त समितिले एकलौटी र मनपरी रुपमा प्रतिवेदन तयार पारेको र उक्त प्रतिवेदनका आधारमा  ढिस्को फाल्न नपाउँदा सडकमा थप क्षति पुगेको वडा कार्यालयले जनाएको छ । उक्त ढिस्को नफालेका कारण गण्डकी प्रदेश सरकारको सहयोगमा चालु वर्षमा निर्माण भएको जालीसहितको तटबन्धनमा समेत क्षति पुराएको बताइएको छ ।


    नेपाल विद्युत प्राधिकरणले हालै मध्यमस्र्याङ्दी ड्याम साइडमा सोलार परियोजना निर्माण गर्न लागेको छ । उक्त परियोजना निर्माण गर्नका लागि पक्की सडक आवश्यक पर्ने भएकोले सडक निर्माण नगरेसम्म परियोजना सञ्चालन गर्न नदिने वडा कार्यालयले चेतावनी दिएको छ । सडक नबनेसम्म मध्यमस्र्याङ्दी जलविद्युत आयोजनामा रहेका २ वटा मोटरेवल पुलमध्ये कम्तीमा एउटा पुलबाट आवतजावत गर्न दिने गरि व्यवस्था मिलाउन सरोकारवाला पक्षसँग वडाकार्यालये जोडमाद माग गरेको छ । मध्यमस्र्याङ्दी जलविद्युत आयोजनको ड्यामको पुल वर्षौँदेखि सर्वसाधारणका लागि बन्द गरेको छ ।


    उक्त पुल सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानियको माग गरेको छ । स्थानीयबासीका तर्फबाट वडा कार्यालयले प्रमुख मागको रुपमा उक्त पुलबाट आवतजावत गर्न दिनुपर्ने र त्यो नभए रिठ्ठे बगरबाट बुढीकुवासम्म पक्की सडक निर्माण गरिदिनुपर्ने माग अघि सारिएको छ । 

    जलविद्युत परियोजनको जलाधारको माथि निरन्तरको एकोहोरो बहाबले जोखिममा रहेका सुनिल तिवारी र रुद्रनिधि तिवारीको घरवास तत्काल स्थानान्तरण गर्नसमेत माग गरेको छ । सुनिल तिवारीको गोठ र शौचालय बगाई सकेको हुँदा तत्काल यथोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग वडा कार्यालयको रहेको छ । जनताका माग र समस्याप्रति बेखबर नहुन वडा कार्यालयले सचेत गराएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend