काठमाडौँ । समयमै सडक मर्मत नभएको भन्दै जनप्रतिनिधि नै धर्नामा बसेका छन् । सडक डिभिजनन कार्यालय लहानले समयमै सडक मर्मत नगर्दा बाटो हिड्न समेत अप्ठ्यारो भएपछि छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सहित कार्यपालिकाका सदस्यहरु धर्नामा बसेका हुन् ।
यसअघि रुपनी –छिन्नमस्ता सडक खण्डको निर्माण छिटो सम्पन्न गराउँन अल्टिमेटम दिदा पनि मर्मत नभएपछि पालिकाका अध्यक्ष विद्यानन्द चौधरी सहितका जनप्रतिनिधिहरु धर्नामा बसेका हुन् ।
उनीहरुले रुपनि रुपनी छिन्नमस्ता सडकको काम अबिलम्ब पूरा गर्न, लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न, निर्माण कार्यमा गम्भीरता देखाउन माग राख्दै धर्नामा बसेका हुन् ।
यसअघि पनि उक्त सडकखण्डको काम तिव्र गतिमा सम्पन्न गराउन पालिकाका अध्यक्ष चौधरीले सक्रियता बढाउँदै आएका थिए । उनले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक (झापादेखि कमलासम्म) को प्रमुखसँग छलफल गरेर असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

