२०८३, आश्विन २० गते

images

सुनचाँदी मूल्यमा उल्लेख्य वृद्धि

सुनचाँदी मूल्यमा उल्लेख्य वृद्धि

बुधवार, माघ ९ २०८१११:१५
बुधवार, माघ ९ २०८१११:१५
  • images

    काठमाडौं ।  सुनचाँदीकै मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य तोलाकै एक हजार नौसय रुपैयाँ बढेको हो। हिजो पनि सुन प्रतितोला ११ सय रुपैयाँ बढेको थियो।

    आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ५८ हजार एकसय रुपैयाँ थियो

    आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको हो। आज चाँदीको मूल्य एक हजार आठसय ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ७५ रुपैयाँ थियो। 

    गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend