२०८३, आश्विन १९ गते

images

प्रधानमन्त्रीको शपथमा संघीय सांसदहरुलाई निमन्त्रण

प्रधानमन्त्रीको शपथमा संघीय सांसदहरुलाई निमन्त्रण

सीएनएन खबर
आइतवार, आषाढ ३० २०८१०४:५०
सीएनएन खबर
आइतवार, आषाढ ३० २०८१०४:५०
  • images

    काठमाडौँ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले आईतबार सांसदलाई पत्र पठाउँदै सोमबार बिहान साढे १० बजे उपस्थित हुन आग्रह गरेको हो । 

    केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ । 

    ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१।३।३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ’, राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिवलाई पठाएको पत्रमा भनिएको छ ।

    samsad notice.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend