२०८३, आश्विन २० गते

images

साताको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, माघ ११ २०८११०:३६
शुक्रवार, माघ ११ २०८११०:३६
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो । 

    बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजारले बढेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको हो । 

    यस्तै, शुक्रबार चाँदीको मूल्य समेत बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ । 

    बिहीबार सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend