२०८३, आश्विन १९ गते

images

अब संवेदनशील विषयमा छलफल हुँदा कर्मचारीले मोबाइल बोक्न नपाउने(पूर्णपाठ)

अब संवेदनशील विषयमा छलफल हुँदा कर्मचारीले मोबाइल बोक्न नपाउने(पूर्णपाठ)

आइतवार, माघ १३ २०८१०८:२६
आइतवार, माघ १३ २०८१०८:२६
  • images

    काठमाडौँ । संवेदनशील छलफलमा सहभागी हुँदा सरकारी कर्मचारीले मोबाइल पोन बोक्न नपाउने भएका छन् । सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि जारी गरेको साइबर सुरक्षासम्बन्धी एडभाइजरीमा सो कुरा समावेश गरिएको हो । 

    उक्त एडभाइजरीमा भनिएको छ, ‘सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउने तथा मोबाइल सुरक्षा सम्बन्धमा संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल बन्द गर्ने वा सुरक्षित स्थानमा बाहिर राख्नुपर्नेछ ।’

    वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको भनिएको छ । 

    एडभाइजरीअनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ । जसमा डाटाको नियमित रुपमा ब्याकअप राख्ने, अर्काइभ गर्नका साथै बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्ने, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्ने, पासवर्ड बलियो राख्ने र तीन–तीन महिनामा परिवर्तन गर्ने, सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने, इमेललगायतका सूचना प्रविधि प्रणालीहरुमा मल्टी फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने जस्ता विषय रहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend