२०८३, आश्विन १९ गते

images

पोखरा महानगरपालिकाको बजेट पारित

पोखरा महानगरपालिकाको बजेट पारित

सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१०७:४४
सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१०७:४४
  • images

    काठमाडौँ । पोखरा महानगरपालिकाको आगामी आर्थिक २०८१/८२ को बजेट कार्यक्रम आइतबार पारित भएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार १० गते १५ औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम नगरसभामा छलफलपछि सुझाव सहित पारित भएको हो । 

    महानगरले आगामी आवका लागि सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । उपप्रमुख गुरुङले नगरसभामा दफावार छलफलपछि बजेट कार्यक्रम पारित भएको जानकारी दिईन ।

    नगरसभामा बजेट पेस भएपछि यही असार २९ र ३० गते छलफल भएको हो । यसैगरी नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयकलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ । 

    महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदानबाट चार अर्ब २० करोड २२ लाख एक हजार रुपैयाँ, प्रदेश सरकार अनुदानबाट नौ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको छ ।

    सङ्घीय राजस्व बाडँफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ  र प्रदेश राजस्व बाँडफाँट नौ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ प्राप्त हुने अनुुमान गरिएको छ । 

    महानगरपालिकाले बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृङ्खला सबलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ ।

    सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम (स्टार्टअप) प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वस्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणमा जोड दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend