२०८३, आश्विन १९ गते

images

ग्यास बिक्रेता महासंघको अध्यक्षमा अर्याल

ग्यास बिक्रेता महासंघको अध्यक्षमा अर्याल

आइतवार, माघ १३ २०८१०१:२८
आइतवार, माघ १३ २०८१०१:२८
  • images

    काठमाडौं । ग्यास बिक्रेताको छाता संस्था ग्यास बिक्रेता महासंघ नेपालको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। महासंघको ११ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। अर्याल महासंघको संस्थापक अध्यक्ष समेत हुन्।

    महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद दुलाल चयन भएका छन्। उपाध्यक्षहरूमा रामप्रसाद झवाली, गेहेन्द्र रिजाल, लालबहादुर केसी, रामप्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन र रामकृष्ण खड्का चयन भएका छन्। महासचिवमा विनोद काफ्ले, सचिवमा कृष्णप्रसाद गैरे र कोषाध्यक्षमा रविन कार्की सर्वसम्मत भएका छन्।

    त्यस्तै महासंघको सदस्यहरूमा प्रकाश तिवारी, रामकुमार खड्का, रामशरण पुडासैनी, पेश कान्त भण्डारी, ओमकार बोहोरा, सुदिर यादव, कमल अधिकारी चयन भएका छन्। त्यस्तै श्रीहरि ढकाल, मञ्जु थापा, छवि राज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाईँ चयन भएका छन्। महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापाले नवनिर्वाचित अर्याललाई माइन्यूट हस्तान्तरण गर्दै शुभकामना दिएका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend