२०८३, आश्विन २० गते

images

एन्फा यु–१६ युथ लिग फुटबल : चर्च ब्वाइजले पुलिसलाई हरायो

एन्फा यु–१६ युथ लिग फुटबल : चर्च ब्वाइजले पुलिसलाई हरायो

सीएनएन खबर
आइतवार, माघ १३ २०८१०६:०३
सीएनएन खबर
आइतवार, माघ १३ २०८१०६:०३
  • images

    काठमाडौँ । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।  

    ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा चर्च ब्वाइजले पुलिसमाथि ४–१ को जित निकाल्दै प्रतियोगितामा पाँचाँै जित दर्ता गराएको हो । जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अङ्क जोडेको छ । पराजित पुलिसको समान खेलबाट १३ अङ्क रहेको छ ।

    चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक एक गोल गरे । पुलिसका लािग रोहन पोखरेलले सान्त्वना गोल गरे । 

    खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्त थापामगरको गोलमार्फत सुरुआती अग्रता लियो । त्यसपछि खेलको २६औँ मिनेटमा चर्च ब्वाइजका अनिशकुमार मगरले गोल गरे । खेलको ३७औँ मिनेटमा सनिल मगरले गोल गरेपछि खेलको पहिलो हाफमा चर्च ब्वाइजले पुलिसमाथि ३–० गोलको अग्रता बनायो ।

    खेलको ६९औँ मिनेटमा सनिल मगरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको ७१औँ मिनेटमा पुलिसका रोहन पोखरेलले सान्त्वना गोल फर्काए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend