२०८३, आश्विन २० गते

images

ट्रम्पले पदभार सम्हाले लगतै रोकियो अमेरिकी अनुदान, ४ सय संस्था प्रभावित

ट्रम्पले पदभार सम्हाले लगतै रोकियो अमेरिकी अनुदान, ४ सय संस्था प्रभावित

सीएनएन खबर
सोमवार, माघ १४ २०८१०७:५६
सीएनएन खबर
सोमवार, माघ १४ २०८१०७:५६
  • images

    काठमाडौँ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगन गर्न पत्र पठाएको छ । गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले यूएसएआईडीले पठाएको विदेशी सहायता स्थगन सम्बन्धी पत्र  प्राप्त गरेको जानकारी दिएका छन् ।

    यसले नेपालमा अमेरिकी अनुदानका परियोजना सञ्चालन गरिरहेका झन्डै ४ सय संस्था प्रभावित हुने महासचिव सुवेदीले जानकारी दिनुभयो । यसबाट स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तनका कार्यक्रम प्रभावित हुनेछन् ।

    राष्ट्रपतिमा ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर तरंग उत्पन्न भएको छ । अब ३ महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुंगो लगाउने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend