२०८३, आश्विन २० गते

images

सुनचाँदीको भाउमा सामान्य गिरावट

सुनचाँदीको भाउमा सामान्य गिरावट

सोमवार, माघ १४ २०८११०:३२
सोमवार, माघ १४ २०८११०:३२
  • images

    काठमाडौं । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै सोमबार चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

    नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७५६।२९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।२७ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend