२०८३, आश्विन १९ गते

images

माछापुच्छ्रे क्यापिटलले दियो वित्तीय साक्षरता तालिम

माछापुच्छ्रे क्यापिटलले दियो वित्तीय साक्षरता तालिम

सीएनएन खबर
सोमवार, माघ १४ २०८१०१:१८
सीएनएन खबर
सोमवार, माघ १४ २०८१०१:१८
  • images

    काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ ।

    मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

    उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका साथै कलेजका कर्मचारीहरू तथा शिक्षक वर्गलाई शेयर बजारको शिक्षाको बारेमा जानकारी दिएको हो ।

    शेयरको प्रारम्भिक शिक्षा, प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारिताको बारेमा जानकारी प्रदान गरेको थियो ।

    ५औँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले रक्तदान, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग गरेको छ ।

    माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend