२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री पौडेलले गरी...

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री पौडेलले गरी दुई निर्णय

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री पौडेलले गरी दुई निर्णय

सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१०२:२७
सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१०२:२७
  • images

    काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् ।

    सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् । खादा र माला अस्वीकार गरेका उनले पदभार ग्रहणसँगै दुई वटा निर्णय गरेका छन् । 

    उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे। यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे।

    एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए।

    मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend