काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको उपाधि भिडन्त आज जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच हुनेछ। फ्रेन्चाइज मोडलमा पहिलो पटक आयोजना गरिएको एनकेएलमा यी दुई टिम उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका छन्। उपाधि होडका लागि दुवै टिम उच्च तयारीमा छन्।
फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६:३० बजे हुनेछ। खेल अघि गायिका डा। त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन्, जसले दर्शकहरूलाई थप उत्साहित बनाउनेछ।

