२०८३, आश्विन १९ गते

images

पशुपतिनाथ मन्दिरको चारै ढोका खुला, पहिलो दिन बिहानैदेखि भक्तजनको घुइँचो

पशुपतिनाथ मन्दिरको चारै ढोका खुला, पहिलो दिन बिहानैदेखि भक्तजनको घुइँचो

सीएनएन खबर
मंगलवार, श्रावण १ २०८१०८:०९
सीएनएन खबर
मंगलवार, श्रावण १ २०८१०८:०९
  • images

    काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

    अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।  पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका  लागि घुइँचो लागेको जानकारी दिए । 

    ‘साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ’, उनले भने । आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।

    कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend