२०८३, आश्विन २० गते

images

शेयर बजारमा उछालः नेप्से २७ सय माथि, कारोबार रकम १३ अर्बको हाराहारीमा

शेयर बजारमा उछालः नेप्से २७ सय माथि, कारोबार रकम १३ अर्बको हाराहारीमा

आइतवार, माघ २० २०८१०३:२७
आइतवार, माघ २० २०८१०३:२७
  • images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा हरियाली छाएको छ । गत साताको मंगलबारदेखि बन्द भएको बजारमा आज उत्साहजनक वृद्धि देखिएको हो । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७० अंकको हाराहारीमा बढेसँगै झन्डै २ महिना पश्चात् शेयर बजार २७ सयको बिन्दुमा उक्लिएको छ । 

    यसअगाडि गत मंसिर २७ गते पश्चात् बजार २७ सयको बिन्दुमा पुगेको थिएन। आज नेप्से परिसूचक ६९ दशमलव ८० बढेसँगै बजार २७ सय २७ दशमलव ५८ अंकको बिन्दुमा बन्द भएको छ । आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । 

    आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ३० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । बैंकिङ्ग २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशतले बढेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend