काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपालले आफ्नो चौथो खेलमा पनि पराजय भोगेको छ। थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता जोशीले २४ रन बनाइन् तर टोलीलाई जित दिलाउन सकिनन्। थाइल्याण्डका थिपाथ्चा पूथावोङले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन्।
यस अघि, टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो। चनिदा सुथिराङ ९२७० र थिपाथ्चा पूथावोङ ९२५० ले अविजित रहँदै महत्त्वपूर्ण साझेदारी गरे। नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन्। यो हारसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ, जबकि थाइल्याण्डले लगातार चौथो जित निकाल्दै आफ्नो पकड बलियो बनाएको छ।

