२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • च्यासल खेल मैदान मर्मत गर्न दुई...

च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

सीएनएन खबर
बुधवार, माघ २३ २०८१११:०७
सीएनएन खबर
बुधवार, माघ २३ २०८१११:०७
  • images

    काठमाडौं । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् । 

    च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड रुपैया बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूूर्ण सुनदासले राससलाई बताए । उनले भने,‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’

    च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९  वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताए । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनि दुःखी छन्् । खेलकुद परिषद्सँग रु १० लाख माग गरेका  तर हालसम्म निर्णय नभएको उनले भने । 

    ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए । दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले  रु २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend