२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • काठमाडौँ महानगरले पुनः सुरु गर्‍यो न्यूरोडमा...

काठमाडौँ महानगरले पुनः सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम

काठमाडौँ महानगरले पुनः सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम

सीएनएन खबर
बुधवार, श्रावण २ २०८११०:३६
सीएनएन खबर
बुधवार, श्रावण २ २०८११०:३६
  • images

    काठमाडौँ । काठमाडौँ महानगरले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनको आदेश अनुसार महानगरले बुधबार बिहानैदेखि फुटपाथ विस्तारको काम पुनः सुरु गरेको हो । 

    उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने फुटपाथ विस्तारको बाटो खुलेको थियो ।

    सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । आफ्नो क्षेत्राधिकार भित्र महानगरले समन्वय नै नगरी सडक भत्काएको भन्दै सडक डिभिजन कार्यालयले काम रोक्न दिर्नेशन दिएको थियो । 

    डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend